सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ बाघखोरमा टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सदरमुकाम सल्लेरीबाट ओखल्ढुंगा जाँदै गरेको टेम्पो सडकबाट खस्दा त्यस्मा सवार ओखल्ढुंगा मोलुङ गाउँपालिका ८ बस्ने बर्ष २८ को लाक्पा शेर्पाको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपि मनोजित कुँवरले जानकारी दिनुभयो ।
विहान साँढे ११ बजे तिर भएको घटनामा अन्य तीन जना घाईते भएको प्रहरीले जनाएको छ । अटो रिक्सा९टेम्पु० सडकबाट करिब १ सय ५० मिटर तल अनियन्त्रित भएर खसेको थियो ।
घाईते हुनेमा टेम्पो चालक सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ६ मुक्लिका बर्ष ३८ को राजेश विक, मुक्लिकै ४० बर्षको काजि विक र ओखल्ढुङगा मोलुङका ३५ बर्षिय मिङमार शेर्पा रहेका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको डिएसपि कुवँरले बताउनुभयो ।
Discussion about this post