जेठ ३० सोलुखुम्बु । उदयपुरको बेलका नगरपालिका–५ मा रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ। स्थानीय सञ्जिव कार्कीकी १७ वर्षीया छोरी दुर्गा कार्कीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार, दुर्गा आफ्नै घर नजिकको कुखुरा फार्ममा काम गरिरहेकी थिइन्।
सो क्रममा अचानक करेन्ट लागेर छटपटाइरहेको अवस्थामा आफन्तहरूले देखेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर, बिहान ९स्३० बजे उनको मृत्यु भएको पुष्टि गरिएको छ। मृतकको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको प्रहरीले जनाएको छ। हाल घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक योगीले जानकारी दिनुभयो।
Discussion about this post