जेठ ३१, सोलुखुम्बु । आज विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जुन १४ तारिखका दिन विश्वभर रक्तदाता दिवस मनाउने गरिन्छ । मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा।कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ तारिखको अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ ।
पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो । यो दिवसको मुख्य उद्देश्य सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउनु र रक्तदान गर्न प्रेरित गर्नु रहेको छ । साथै आजको दिन रक्तदातालाई धन्यवाद दिने दिनका रुपमा पनि मनाउने गरिन्छ । यस वर्षको दिवस ‘रक्तदान गरौँ, आशा जगाऔँ, सबै मिली जीवन बचाऔँ’ रहेको छ ।
देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेका छन् । ब्लड डोनर्श एशोसिएशन नेपाल ९ब्लोदान० ले सप्ताहव्यापीरुपमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । आज काठमाण्डौमा मुख्य समारोहको आयोजना गरीएको ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।
Discussion about this post