जेठ ३१,सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा खोरेत रोग नियन्त्रणका लागि रणनीति कार्यान्वयन विषयक महत्वपूर्ण छलफल कार्यक्रम सुरु भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुको आयोजनामा शनिबार सोलु दूधकुण्ड नगरपालिका–६ स्थित कृषि ज्ञान केन्द्रको सभाहलमा कार्यक्रम प्रारम्भ भएको हो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौला, सहायक प्रमुख जिल्ला अधिकारी, सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेत, सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, साथै जिल्लाका ८ वटै स्थानीय तहका पशु शाखा प्रमुख तथा प्राविधिकहरु, स्थानीय पशु व्यवसायीहरु लगायतको सक्रिय उपस्थिति रहेको छ।
छलफल कार्यक्रममा जिल्लामा बढ्दो खोरेत रोगको जोखिमलाई मध्यनजर गर्दै रोग नियन्त्रणका रणनीति, स्थानीय तहसँगको सहकार्य, जनचेतना अभिवृद्धि, खोप कार्यक्रम तथा प्राविधिक तयारीबारे विस्तृत छलफल भइरहेको आयोजक संस्थाले जनाएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार, कार्यक्रमको उद्देश्य जिल्लामा खोरेत रोग नियन्त्रणलाई संस्थागत रुपमा अघि बढाउने र सबै स्थानीय तहको समन्वयमा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु हो। हाल कार्यक्रम जारी रहेको छ।
Discussion about this post