असार १, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. २ मा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु गरिएको छ । गाउँपालिकाको उद्यम विकास शाखाको गरिबी निवारणका लागि सञ्चालित लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबारदेखि तालिम सुरु गरिएको हो ।
तालिम असार २० गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धनजन राईले सौन्दर्य सेवा क्षेत्रमा व्यावसायिक सीप विकास गर्नु वर्तमानको आवश्यकता भएको बताउँनुभयो । यस्तै उपाध्यक्ष विना राईले तालिममा सहभागी महिलाहरूले भित्री र बाहिरी सौन्दर्य दुवै पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । तालिमको पहिलो दिन १९ जना प्रशिक्षार्थी सहभागी भएका छन् भने प्रशिक्षक रोजिना थापा मगरका अनुसार भोलिदेखि जम्मा २२ जना सहभागी रहने छन् ।
तालिमले स्थानिय महिला दिदीबहिनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग गर्ने अपेक्षा गरिएको छ । तालिम उद्घाटन कार्यक्रमामा गाउँपालिका अध्यक्ष धनजन राई, उपप्रमुख विना राई, नेचासल्यान नेपाली काँग्रेस सभापति निरकुमार शर्मा लगायत वडा नं. २ का वडाध्यक्ष सिताराम काफ्लेको उपस्थिती रहेको थियो ।
Discussion about this post