असार २, सोलुखुम्बु । द ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्स कलेजबीच विभिन्न अनुसन्धानका क्षेत्रमा सहकार्य हुने भएको छ । दुवै संस्थाले आपसी समझदारीका आधारमा संयुक्त रूपमा अध्ययन तथा अनुसन्धान अगाडि बढाउने सहमति जनाएका हुन् । फाउण्डेशनका अध्यक्ष गेल्बु शेर्पाले सहकार्यको औपचारिक जानकारी दिँदै अनुसन्धान र सामाजिक विकासमा यो साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । सहकार्यको घोषणा आइतबार एक कार्यक्रममा गरिएको हो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव रमेश भट्ट, स्वास्थ्य मन्त्रालयका सहसचिव डिल्ली रमण अधिकारी, सेन्ट जेभियर्स कलेजका प्रिन्सिपल फादर अगस्टिन थोमस एस.जे, ब्राइट भिजन फाउण्डेशनका अध्यक्ष गेल्बु शेर्पा तथा संस्थापक मिङ्मार शेर्पाको उपस्थिति रहेको थियो । यस सहकार्यमार्फत स्वास्थ्य तथा अन्य सामाजिक विषयमा अनुसन्धानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ । संयुक्त पहलले युवाहरूलाई अनुसन्धानको क्षेत्रमा प्रोत्साहन गर्ने र ज्ञानको आदानप्रदानमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
Discussion about this post