असार ३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा अपांगता भएका व्यक्ति तथा तिनका परिवारलाई लक्षित गरी सांस्कृतिक हस्तकला निर्माण सम्बन्धि तालिम सञ्चालनमा ल्याइएको छ । करणा फाउण्डेशन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश) को समन्वय तथा माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा तालिम सोमबारदेखि सुरु गरिएको हो ।
महिला तथा बालबालिका शाखाका अपांगता सहजकर्ता कल्पना राईका अनुसार गाउँपालिकाका सातवटै वडाबाट एक÷एक जना सहभागी गरी जम्मा सात जनालाई तालिम दिइएको छ । तालिममा महाकुलुङ गाउँपालिकाबाट आउनुभएका कल्पना कुलुङले सहजीकरण गरिरहनुभएको छ । हाल तालिममा सहभागीहरू धागोको फुर्का बनाउने सीप सिकिरहेका छन् ।
तालिमका माध्यमबाट अपांगता भएका व्यक्ति तथा उनीहरूका परिवारजनहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने विश्वास गाउँपालिकाका उपाध्यक्ष गौरव राईले व्यक्त गर्नुभयो । यो तालिम असार ६ गतेसम्म सञ्चालन हुने छ ।
Discussion about this post