असार ५, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी श्रीचौर निवासी ३२ बर्षिया हिरा तामाङलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले तामाङलाई ५० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको हो । शुक्रवार शल्यक्रियामार्फत तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हिरा तामाङलाई थप स्वास्थ्य उपचार र सन्तान पालनमा सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले यो सहयोग गर्न लागेको हो।
गाउँपालिकाका अध्यक्षले यस्तो परिस्थितिमा आमाको स्वास्थ्य र नवजात शिशुको संरक्षणलाई प्राथमिकतामा राखेर सहयोग निर्णय गरिएको जानकारी दिनुभयो । हिरा तामाङ र उनका परिवार हाल सुरक्षित छन् । गाउँपालिकाको सहयोगले परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post