असार ६, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति सोलुखुम्बुले भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीसम्बन्धी गम्भीर चासो व्यक्त गर्दै संघीय सरकारसँग उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमार्फत बुझाइएको मागपत्रमा भिजिट भिसाको नाममा विगत केही वर्षयता भइरहेको मानव तस्करी तथा सांगठानिक अपराधमा संलग्न सम्भावित सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स, र नेपाली तथा विदेशी नियोगहरूबारे व्यापक तथा बहुआयामिक अनुसन्धान आवश्यक रहेको उल्लेख छ ।
जिल्ला समितिका सभापति नारायण काजी कार्कीका अनुसार, भिजिट भिसाको आवरणमा हुने गैरकानुनी गतिविधिहरूले देशको छवि अन्तर्राष्ट्रियस्तरमै धमिल्याइरहेको र यसमा जिम्मेवार निकायहरूको संलग्नता रहेको आशंका गम्भीर रुपमा लिनुपर्ने अवस्था आएको छ । मागपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनोज कुमार घिमिरेले संघीय सरकारसमक्ष सो माग चाँडै पठाइने प्रतिबद्धता जनाउनुभयो । पार्टीले उक्त विषयमा यथाशीघ्र कारवाहीको माग गर्दै दोषीमाथि कडा अनुसन्धान र कारवाही गर्न सरकारलाई आग्रह गरेको छ ।
मागपत्र यस्तो छ ?
Discussion about this post