असार ७, सोलुखुम्बु । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–११ तिङ्लामा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सोलुदुधकुण्ड नगरपालिका–७, भित्ताखर्कका रबिन बस्नेत रहेका छन् ।शनिबार दिउँसो करिब १ बजे सोलु दुधकुण्ड नगरपालिका–११, घुन्सा नुनथलास्थित राष्ट्रिय विद्युत प्रसारण लाइनको ट्रान्सफर्मर मर्मतको क्रममा बस्नेतलाई करेन्ट लागेको वडा अध्यक्ष टंक बहादुर कार्कीले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते भएका बस्नेतलाई तत्कालै जिल्ला अस्पताल फाप्लु पुर्याइएको थियो । तर, अवस्था गम्भीर देखिएपछि छ । विद्युत मर्मतको काम भइरहँदा सुरक्षा मापदण्ड पूरा गरिएको थियो वा थिएन भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
Discussion about this post