असार १०,साेलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको बजेट सभामा ८३ करोड ८० लाखको बजेट पेश भएको छ । मंगलबार नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाको अध्यक्षतामा बसेको १६ औँ नगरसभा बैठकमा आगामि आर्थिक बर्षका लागि पौने ८४ करोडको बजेट पेश भएको हो ।
आज पेश भएको बैठकमा चालु तर्फ ४८ करोड र पुँजिगत तर्फ ३५ करोड बजेट निर्णयार्थ पेश गरिएको नगर प्रबक्ता फुर्वाग्याल्जेन शेर्पाले जनाकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख गान्धिमाया तामाङले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा कर तथा राजश्व प्रशासन सम्बन्धि विधेयक पनि पेश गरिएको छ ।
आगामि असार ३१ गतेसम्मका लागि नगर प्रमुख शेर्पाले सभा स्थगित गर्नु भएको छ । सभा पछि संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख शेर्पाले यो पटकको बजेटले सडक पुर्वाधार र कृषिलाई नै उच्च प्राथमिक्तामा राखेको बताउनु भयो ।
क्षेत्रीय पहुँच विस्तारका लागि सडक स्तर उन्नती, कृषि यान्त्रिकरण मार्फत उत्पादन र उत्पादकत्व बढाउने, घरमै जन्म दर्ता सेवा उपलब्ध गराउने र प्रशासनीक भवन सम्पन्न गर्ने जस्ता योजनाहरु नगरपालिकाको प्राथमिक्तामा रहेका छन् ।
Discussion about this post