असार १०, साेलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाको गाउँ सभाले आगामि आर्थिक बर्षका लागि पौने ४३ करोडको बजेट पारित गरेको छ । मंगलबार पालिका अध्यक्ष खिलराज बस्नेतको अध्यक्षतामा सम्पन्न १६ औँ गाउँसभाले आर्थिक बर्ष ८२/८३ का लागि ४२ करोड ७७ लाख बराबरको बजेट पारित गरेको हो ।
सभामा पालिका उपाध्यक्ष अन्जु नाछिरिङले बार्षिक निति, कार्यक्रम र बजेट पेश गर्नु भएको थियो । पालिकाको संचालनका लागि ६ करोड २५ लाख चालु खर्च विनियोजन गरिएको र बाँकी खर्च पुँजिगत र अन्य शिर्षकमा रहेको पालिकाका सूचना प्रविधि अधिकृत अरुणजंग बस्नेतले जानकारी दिनुभयो ।
सभाले बजेट सर्वसम्मतले पारित गरेसँगै पालिका अध्यक्ष खिलराज बस्नेतले शिक्षा र पुर्वाधार विकास प्राथक्तिामा राखेको बताउनु भयो । वहाँले प्रविधिमैत्री शिक्षामा जोड दिँदै स्वास्थ्य, खेलग्राम, सडक कालोपत्रे र पर्यटन पुर्वाधार विकासलाई बजेटले प्राथमिक्ता दिएको प्रतिक्रिया दिनुभयो ।
Discussion about this post