असार १०, साेलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको सभामा ५१ करोड बढीको बजेट पेश गरिएको छ । पालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा बसको १७ औँ गाउँ सभामा आगामि आर्थिक बर्ष ८२/८३ का लागि ५१ करोड ६६ लाख बजेट २० हजारको बजेट पेश गरिएको हो । सभामा पालिका उपाध्यक्ष विना राईले निति तथा कार्यक्रम प्रस्तुत गुर्न भएको थियो ।
पालिकाका योजनाहरुको प्राथमिकिकरण गर्दै निति तथा कार्यक्रम पेश गर्नु भएको हो । सभामा आर्थिक विकास समिति संयोजक सिताराम काफ्लेले बजेट पेश गर्नु भएको हो । सभामा राजश्व सम्बन्धि विधेयक वडा नम्बर ३ का अध्यक्ष सिताराम भट्टराईले र वडा नम्बर ५ का अध्यक्ष राजनकुमार राईले विनियोजन विधेयक पेश गर्नु भएको थियो ।
अध्यक्ष धनजन राईले असार ३० गतेसम्मका लागि सभा स्थगित गर्नु भएको छ । बजेट पेश भए पछि पालिका अध्यक्ष धनजन राईले यो पटक स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिक्तामा राखेको बताउनु भयो । अब असार ३० मा बस्ने सभाले निति, कार्यक्रम र बजेट पारित गर्ने सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिनुभयो ।
Discussion about this post