असार १२, सोलुखुम्बु । उदयपुरको रौतामाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १७ औँ गाउँसभाबाट कुल ६६ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्ताव गरिएको हो । गाउँपालिकाले प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको जानकारी गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष बिरेन्द्र कुमार मगर र उपाध्यक्ष भुपेन्द्र थापाले संयुक्त रूपमा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । प्रस्तुत बजेट आगामी वर्षको समग्र विकास योजनालाई दृष्टिगत गरी तयार पारिएको बताइएको छ । उदयपुरबाट मिलन परियारका अनुसार, बजेटले स्थानीय स्तरमा आवश्यक पूर्वाधार निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । गाउँसभा कार्यक्रम जनप्रतिनिधि, पालिका कर्मचारी, स्थानीय बासिन्दा, शिक्षक, बुद्धिजीवी तथा सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको हो ।
Discussion about this post