असार १२, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको बजेट सभामा चिशंखुगढीले ४७ करोडको बजेट पेश भएको छ । मंगलबार गाउँपालिका अध्यक्ष निशान्त शर्माको अध्यक्षतामा बसेको १७ औँ गाउँ सभा बैठकमा आगामि आर्थिक बर्ष २०८२/०८३ का लागि ४७ करोड २४ लाख ४५ हजार ६१९ रुपियाँको बजेट पेश भएको हो ।
पेश भएको बैठकमा चालु तर्फ ३५ करोड १५ लाख ८० हजार ६ सय १९ पुँजिगत तर्फ १२ करोड ८ लाख ६५ हजार रुपैयाँ बजेट निर्णयार्थ पेश गरिएको छ । कार्यक्रममा पालिका अध्यक्ष निशान्त शर्माले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष सन्तोष बाबु थालले बजेट प्रस्तुत गर्नुभएको थियो । सभा पछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष शर्माले यो पटकको बजेटले सडक पुर्वाधार र कृषिलाई नै उच्च प्राथमिक्तामा राखेको बताउनुभयो ।
क्षेत्रीय पहुँच विस्तारका लागि सडक स्तर उन्नती, कृषि यान्त्रिकरण मार्फत उत्पादन र उत्पादकत्व बढाउने र प्रशासनीक भवन सम्पन्न गर्ने जस्ता योजनाहरु पालिकाको प्राथमिक्तामा रहेका छन् ।
Discussion about this post