Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ऐँसुलुखर्क गाउँपालिकाको पालिका बहस, पूर्वाधारका सबै काम सक्ने अध्यक्ष राईको भनाई

Radio Everest by Radio Everest
July 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ, असार २१ । खोटाङका ऐँसेलुखर्क गाउँपालिकाको पालिका बहस सम्पन्न भएकाे छ । रेडियो एभरेष्टको एभरेष्टको सहजिकरणमा तथा गाउँपालिकाको आयोजनामा बहस सम्पन्न भएको हो । वर्तमान व्यवस्थाप्रति जनताको चासो गुनासो तथा प्रश्न सुन्ने एवं सुशासन र पारदर्शिता प्रवर्द्धन गर्ने हेतुले गाउँपालिकाको आयोजनामा पालिका बहस सम्पन्न गरिएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेशकुमार राजभण्डारी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले सहभागीहरूले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

बहसको क्रममा पत्रकार भानुभक्त निरौलाले राखेका जिज्ञासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले गाउँपालिकाको ७ वटै वडाका नागरिकका समस्या समाधानका लागी गाउँपालिका हरदम लागी परिरहेको दावी गर्नुभएको थियो । उहाँले गाउँपालिकामा अघिल्लो सरकारले सुरु गरेका कार्यक्रम तथा योजनाहरूको कार्यान्वयन पाटोलाई आफ्नो नेतृत्वको सरकारले दृढकाका साथ लागू गरिरहेको बताउनुभएको थियो ।

उहाँले वर्तमान गाउँपालिका सरकारले विवादित पालिका भवन निर्माण सम्पन्न गर्न सफल भएको, पालिका अस्पताल निर्माण गर्न सफल भएको, गाउँपालिकाको वडा नम्बर १ र ३ लाई जोड्ने लिदिङ खोलामा मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको लगायतका कामको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आम नागरिकका आशा र अपेक्षालाई ध्यानका राख्दै आगामी बाँकी कार्यकाललाई पनि प्रभावी र नागरिक मैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजेशकुमार राजभण्डारीले संविधानले उपाध्यक्षलाई दिएका जिम्मेवारीलाई र प्रभावकारी ढङ्गले बहन गरिरहेको उल्लेख गर्नुभएको थियो ।

उहाँले कार्यक्रममा योजना अनुगमन, न्यायिक निरुपण लगायत विषयमा आफूले विना कुनै पक्षपात काम गरेको उल्लेख गर्नुभएको थियो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले गाउँपालिकामा कर्मचारीको अभाव रहेको कुरा जानकारी गराउँदै कर्मचारी अभावका बावजुद सेवा प्रवाहमा कुनै कमी नराखिएको उल्लेख गर्नुभएको थियो । भौगोलिक कठिनाइ, विकटता जस्ता कारणका बावजुद गाउँपालिकामा खटिएका कर्मचारीले नागरिकको सेवामा दिएको तदारुकताको उहाँले खुलेर प्रशंसा गर्नुभएको थियो । बहसका क्रममा सहभागीहरूले उठाएका सवालहरुको गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष राजभण्डारी र प्रमुख प्रशासकीय अधिकृत थापाले सहजिकरण गर्नुभएको थियो ।

शिक्षाको क्षेत्रमा विद्यमान समस्यालाई समाधान गर्न गाउँपालिकाले लगानी गरिरहेको कार्यक्रममा सरोकारवाला पक्षले दावी ग¥यो । कार्यक्रममा गाउँपालिकाका विषयगत शाखाका प्रमुख एवं प्रतिनिधि, कर्मचारी लगायत आम सर्वसाधाराणको उपस्थिति रहेको थियो ।

Previous Post

द पार्टनर्स नेपाल र चाम्लाङ सिर्जनशील युवा समाजले गर्यो महाकुलुङको सुम्बु देथोनाम क्षेत्रमा फलफुल विस्तार कार्यक्रम

Next Post

ऐसेलुखर्क गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण बायोमेट्रिक प्रणालीमार्फत हुने

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
ऐसेलुखर्क गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण बायोमेट्रिक प्रणालीमार्फत हुने

ऐसेलुखर्क गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण बायोमेट्रिक प्रणालीमार्फत हुने

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly