असार २६, सोलुखुम्बु । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् ।
मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो । उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली सेनाले समग्र व्यवस्थापनको जिम्मा लिएको थियो ।
Discussion about this post