Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशको ७७ प्रतिशत बजेट खर्च, पुँजीगत खर्चमा सुधार देखियो

Radio Everest by Radio Everest
July 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २६, सोलुखुम्बु । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको विवरण अनुसार कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमा २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको हो । जुन कुल विनियोजनको ७७।२६ प्रतिशत हो ।

यस वर्ष भने विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चले प्रशासनिक (चालू) खर्चलाई उछिनेको छ । यसलाई बजेट खर्चको हिसाबले सकारात्मक मानिन्छ । सरकारले पूँजीगततर्फ विनियोजित बजेटको ७९.२६ प्रतिशत अर्थात् १३ अर्ब ८२ करोड रुपैयाँ खर्च गर्दा चालूतर्फ ७५.२९ प्रतिशत १२ अर्ब ४२ करोड रुपैयाँ मात्र खर्च गरेको छ । समग्रमा, विकास निर्माणसँग सम्बन्धित पुँजीगत बजेटको खर्च प्रतिशत चालू खर्चको भन्दा करिब ४ प्रतिशतले बढी देखिन्छ । मन्त्रालयगत खर्चको अवस्था हेर्दा प्रदेशको विकासको मेरुदण्ड मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रकम खर्च गरेको छ । मन्त्रालयले आफ्नो कुल ११ अर्ब १८ करोड बजेटमध्ये ८ अर्ब ५० करोड रुपैयाँ अर्थात् ७६.०३ प्रतिशत खर्च गरेको छ ।

खर्च प्रतिशतका आधारमा भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको प्रदर्शन उत्कृष्ट देखिएको छ । उक्त मन्त्रालयले आफ्नो कुल बजेटको ९१.५१ प्रतिशत अर्थात् ४ अर्ब ४ करोड रुपैयाँ खर्च गरेको छ । सो मन्त्रालयका लागि ४ अर्ब ४२ करोड ५३ लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशको नीति तथा कार्यक्रमको नेतृत्व गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो बजेटको जम्मा ६०.०९ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेशको बजेट निर्माण र स्रोत व्यवस्थापनको जिम्मा लिएको आर्थिक मामिला तथा योजना मन्त्रालय आफैँले भने ५३.१३ प्रतिशत बजेट मात्र कार्यान्वयन गरेको छ ।

त्यस्तै, कानुन निर्माण गर्ने महत्त्वपूर्ण निकाय प्रदेश व्यवस्थापिकाको खर्च पनि ८१.११ प्रतिशत मात्र रहेको छ । उता, जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य मन्त्रालयले ७० प्रतिशत बजेट खर्च गरेको छ । उक्त मन्त्रालयका लागि ३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो भने कूल खर्च २ अर्ब ४० करोड ९० लाख रहेको छ । स्थानीय तहमा वित्तीय हस्तान्तरण अन्तर्गत पठाइएको बजेटको कार्यान्वयन पनि प्रभावकारी देखिएको छ । स्थानीय तहका लागि विनियोजित ४ अर्ब ८५ करोड ६५ लाख ४० हजारमध्ये ४ अर्ब ६७ करोड ९४ लाख (९६.३५) खर्च भएको छ ।

Previous Post

खोटाङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना लाभान्वित

Next Post

चिशंखुगढीको सार्वजनीक सुनुवाई : ८३ प्रतिशत बजेट खर्च

Related Posts

सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
0
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
0
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
0
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
Next Post
चिशंखुगढीको सार्वजनीक सुनुवाई : ८३ प्रतिशत बजेट खर्च

चिशंखुगढीको सार्वजनीक सुनुवाई : ८३ प्रतिशत बजेट खर्च

Discussion about this post

Everest Highlights

सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्यानमा  प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

सल्यानमा प्रहरी कार्यालयकै आँगनमा ८६ बम: सेनाद्वारा निष्क्रिय

May 5, 2026
कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

कृषक सशक्तिकरणमा सोलुदुधकुण्ड नगरपालिकाको पहल : तीन वडाका किसान लाभान्वित

May 4, 2026
सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

सुरु गरेका योजना भटाभट सक्दै माप्य, २ दिनमा २ वटा सेवामुखी भवन उद्‌घाटन 

May 4, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly