असार २६, ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले उत्कृष्ट कृषक तथा उत्कृष्ठ कृषि समुहलाई पुरस्कृत गरेको छ । एक औपचारीक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष निशान्त शर्माले एक जना उत्कृष्ट कृषक तथा एक उत्कृष्ट कृषि समुहलाई नगद १० हजार रुपैयाँ सहित पुरस्कृत गर्नुभएको हो । पुरस्कृत हुनेमा उत्कृष्ठ कृषक शारदा भट्टराई हुनुहुन्छ ।
उहाँले गाउँपालिकाका ८ वटै वडाका कृषकहरु मध्ये उत्कृष्ट उत्पादन गरि अन्तर जिल्लामा खपत गरेको प्रमाण र तथ्यको अधारमा उहाँलाई पुस्कृत गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
शाखाक अनुसार कृषक भट्टराईले करिव १५ हजार केजी अदुवा तथा बेसार गाउँपालिका बाहिर निर्यात गर्नुभएको हो । यस्तै सम्मानीत हुने उत्कृष्ट कृषि समुह बौद्ध कृषक समुहलाई पनि १० हजार नगद सहित पुरस्कृत गरिएको छ ।
Discussion about this post