असार ३२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्ण निरौलाको अध्यक्षतामा आज जिल्लालाई पूर्ण खोप तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरिका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएसँगै जिल्ला लाई यस वर्षका लागी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
१ नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा सबै पालिकाले पूर्ण खोप सुनिश्चतता पालिका घोषणा गरिसकेका छन् । स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन तिवारीका अनुसार खोप पाउनुपर्ने जन्मेदेखी ५९ महिना सम्मका जिल्लाका ५ हजार १ सय ४१ बालबालिकालाई खोप लगाइएको छ । ति मध्ये सुन्य देखी १५ महिना सम्मका १ हजार १ सय ७ जना र १६ देखी ५९ महिना सम्मका ४ हजार ३४ बालबालिकाले खोप पाएका छन् ।
जिल्लाको खुम्बु पासाङ लहामु गाउँपालिकाका २ सय ५८, महाकुलुङ गाउँपालिकाका ८ सय ३१, सोताङ गाउँपालिकाका ६ सय ५८, माप्य दुधकोशी गाउँपालिकाका १ सय ७५, थुलुङ दुधकोशी गाउँपालिकाका ९ सय ८९, नेचासल्यान गाउँपालिकाका ५ सय ४८, लिखुपिके गाउँपालिकाका २ सय ७७ र सोलुदुधकुण्ड नगरपालिकाका १३ सय ९९ जना बालबालिकाले खोप पाएसँगै जिल्ला पूर्ण खोप सुनिश्चीत तथा तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख अनोज कुमार घिमिरेले पूर्ण खोप पाएको बालबालिकाको शुनिश्चीतता प्रति जिज्ञासा राख्नु भएको थियो । कार्यक्रममा जिल्लाको महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङ, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु डीएसपी मनोजित कुँवर, गाउँपालिका तथा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखहरू एवं प्रतिनिधीको उपस्थिति रहेको थियो ।
Discussion about this post