Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रक्षामन्त्री मानवीर राईको एक वर्षे कार्यकालः सुरक्षा, विकास र शान्ति स्थापनामा उल्लेखनीय प्रगति

Radio Everest by Radio Everest
July 17, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा राष्ट्रिय सुरक्षा, विकास निर्माण, शासकीय सुधार र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको बताउनुभएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन भएका कार्यको जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले थुप्रै अप्ठयारा र चुनौतीका बाबजुद पनि महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

मन्त्री राईले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरव तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा उल्लेख्य प्रगति भएको जनाउँदै आफ्नो सक्दो प्रयास र प्रयत्नबाट ती आयोजनामा रफ्तारमा काम गर्न सकिएको बताउनुभयो । उहाँले काठमाडौँ–तराई/मधेस द्रूतमार्ग, महाकाली कोरिडोर, कोशी कोरिडोरलगायत आयोजनामा महत्त्वपूर्ण सफलता हासिल भएको स्पष्ट पारे। त्यसक्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मनोजकुमार आचार्यले मन्त्री राईले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र मातहतका निकायबाट सम्पादन भएका मुख्यमुख्य कार्यको प्रगति विवरणबारे प्रस्तुति दिनुभएको थियो ।

रक्षा मन्त्रालयका लागि चालु आवमा विनियोजित बजेटमध्ये चालुतर्फ ९९ दशमलव ५८ प्रतिशत र पूँजीगततर्फ ५९ दशमलव ७१ प्रतिशत खर्च भएको तथा मन्त्रालय र मातहतको निकायका बेरुजुमध्ये ६१ दशमलव ३७ प्रतिशत फछर्योट गरिएको सो अवसरमा जानकारी दिइएको छ । असार मसान्तसम्म काठमाडौँ–तराईरमधेस द्रूतमार्गको भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ । आयोजनाअन्तर्गत सात वटा सुरूङमध्ये प्याकेज नं २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरूङको ‘ब्रेकथ्रु’ सम्पन भएको र बाँकी निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा रहेका जम्मा ८९ वटा पुलमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएकामा हालसम्म पाँच वटा पुल निर्माण भइसकेका छन् ।

ललितपुरको खोकना इलाकामा दु्रतमार्गको सुरू बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानपश्चात खरिद प्रक्रिया सुरू गर्ने तयारी छ । यही अवधिमा हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गसँग जोडिएको छ । यही असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यवस्थापनमा खार्पुनाथस्थित चुवा खोलामा निर्माण भएको ८०० मिटर लम्बाइको ‘बेलिब्रिज’ उद्घाटन गर्नुभएको थियो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि काभ्रेपलाञ्चोकमा प्रशासनिक भवन, विद्यार्थी आवास भवनलगायत भौतिक संरचना निर्माणअन्तर्गत करिब ७६ दशमलव ५८ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । बङ्करदेखि ब्यारेक कार्यक्रमअन्तर्गत ७३ वटा विभिन्न भौतिक संरचना निर्माण भएका छन् ।

एक वर्षको अवधिमा विपद्बाट प्रभावित नौ सय ८९ जनाको उद्धार, ९८ वटा शव झिक्ने, ३२ स्थानमा पहिरो हटाउने, ३४ स्थानमा अवरुद्ध सडक सञ्चालन, चार स्थानमा तटबन्ध निर्माण, छ स्थानमा अस्थायी पुल निर्माण र विभिन्न चार स्थानमा बेलिब्रिज जडान गरिएको छ । गत चैत १५ गते म्यानमारमा गएको भूकम्पपछि मानवीय सहायतास्वरूप भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्योपचार सेवाका लागि सेनाको मेडिकल टोली खटिइएको र सो टोलीले एक हजार तीन सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा पाँच सय ६८ महिलासहित पाँच हजार आठ सय ८८ शान्ति सैनिक खटिइएका र शान्ति स्थापनार्थ फौज योगदान गर्ने मुलुकमा नेपाल पहिलो स्थानमा रहेको छ । हालसम्म नेपालबाट कुल एक लाख ५९ हजार पाँच सय ४३ फौज शान्ति स्थापनार्थ खटिइएका छन् ।

Previous Post

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

Next Post

ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly