साउन १, सोलुखुम्बु । रामेछापको उमाकुण्ड गाँउपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । बुधबार साँझ ३२ वर्षीय रजिन सुनुवारले सोही ठाउँकी २७ वर्षकी एलिसा सुनुवारमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी महिलाको उपचारका लागि हेलिकप्टरमार्फत केएमसी अस्पताल काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो ।
वर्षाको कारण सडक राम्रो नभएकोले सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर सुनुवारलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार रजिनले एलिसाको ढाडमा खुकुरी प्रहार गरेका थिए । सुनुवारको अवस्था नाजुक छ ।
खुकुरी प्रहारपछि फरार रहेका रजिन भाग्दै गरेको अवस्थामा उमाकुण्डकै भुजी भन्ने ठाउँबाट पक्राउ परेका छन् । घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको रामेछापका प्रहरी प्रमुख भोला भट्टले जानकारी दिनुभयो ।
Discussion about this post