साउन २, सोलुखुम्बु । योङ कम्युनिष्ट लिग (वाइसियल) सोलुखुम्बुले श्रम तथा उत्पादन अभियानको औपचारिक शुभारम्भ गरेको छ। सोलुदुधकुण्ड नगरपालिका–११ तिङलामा आयोजित विशेष कार्यक्रमबाट अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत सडक सरसफाइ, वृक्षरोपण लगायतका कामहरू सञ्चालन गरिएको वाइसिएल नेपाल सोलुखुम्बुका जिल्ला इञ्चार्ज रश्विन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सामूहिक सहभागिता र श्रमको योगदानमार्फत अभियानको महत्व उजागर गर्ने उद्देश्य लिइएको छ ।
वाइसियल सोलुखुम्बुका अनुसार उक्त अभियान जिल्लाभरका सबै वडाहरूमा सञ्चालन गरिनेछ । प्रदेशको १४ जिल्लामध्ये १० जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, तेह्रथुम, खोटाङ, सोलुखुम्बु र उदयपुरमा विभिन्न कार्यक्रम गरी यो अभियान सुरु भएको वाईसीएल कोशीका अध्यक्ष विक्रम लिम्बूले जानकारी दिनुभयभो । माओवादी केन्द्र निकट वाईसीएलले बिहिबार देखि देशभर ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियान सुरु गरेको हो ।
गत असार १७ र १८ गते बसेको वाईसीएलको पदाधिकारी बैठकले साउन र भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो । अभियानले स्थानीय विकासमा युवाको सक्रिय भूमिका र श्रमको सम्मानलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।
Discussion about this post