साउन २, सोलुखुम्बु । कोशी प्रदेशका भाैतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सोलुखुम्बुको जिल्ला अस्पताललाई ५० सैय्याको बनाउने प्रकृया अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शुक्रबार भौतिक पूर्वाधार विकास कार्यालय उद्घाटनका लागी जिल्ला आइपुग्नुभएका मन्त्री राईले जिल्ला अस्पताल फाप्लुलाई स्तारोन्नती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले प्रदेश स्वास्थ्य मन्त्रालयमा मागपत्र राख्न अस्पताललाई आग्रह गर्दै उहाँले पहिलाको भन्दा बढी बजेट जिल्ला अस्पतालहरूमा राखिएको उल्लेख गर्नुभयो । उहाँले पहिला औषधीको अभाव हुने अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य कार्यालय र अस्पताल दुवैमा पहिला भन्दा बजेट बढी राखिएको उहाँको भनाई थियो ।
जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण निरौलाले जिल्ला अस्पताल फाप्लुलाई स्तरोन्नती गर्न आवश्यक रहेको बताउँदै मन्त्री राईको ध्यानाकर्षण गराउनुभएको थियो । अस्पताल अनुगमनका क्रममा काेशी प्रदेशका पूर्व सामाजिक विकास मन्त्रि बुद्दिकुमार राजभण्डारी लगायत मन्त्रालयका कर्मचारीकाे उपस्थिती थियाे ।
Discussion about this post