साउन २, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भौतिक पूर्वाधार विकास कार्यालय उद्घाटन भएको छ । शुक्रबार भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालयको उद्घाटन गर्नुभएको हो । भौतिक पूर्वाधार निर्माण सम्बन्धित कामहरूका लागी ओखलढुंगा जानुपर्ने बाध्यतालाई मध्येनजर गर्दै मन्त्री राईले मन्त्री परिषदबाटै निर्णय गराएर प्रदेश भरिका सबै जिल्लामा कार्यालय राख्ने गरि निर्णय भएको थियो ।
सोही अनुरूप अव सोलुखुम्बुका नागरिकले भौतिक पूर्वाधार विकासका जिल्लामै फरफराक गर्न सक्ने छन । एक औपचारिक कार्यक्रमका बीच जिल्ल समन्वय समितिको कार्यालयमा उक्त कार्यालयको उद्घाटन मन्त्री राईले रिबन काटेर गर्नुभयो । उहाँले कार्यक्रममा बोल्ने क्रममा जिल्लाबासीलाई बधाई व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्म अनुरूप सोलुखुम्बु बासीको आँगनमै कार्यालय आइपुगेको भन्दै उहाँले यसले जिल्लामा हुने कामहरूको अनुगमन मल्याङ्कन र प्रभावकारिता समेत बढाउने दावी गर्नुभयो ।
कार्यक्रममा सोलुखुम्बु जिल्लाबाट निर्वाचीत दुबै प्रदेश सभाका प्रदेश सांसद गम्बु शेर्पा र बुद्धिकुमार राजभण्डारीले कार्यालय स्थापना गर्न भूमिका खेलेकोमा मन्त्री राईलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सोलुखुम्बुका नागरिकले विकासको अनुभुत गर्नेखालको अर्को कदम प्रदेश सरकारले चालेको उल्लेख गर्नुभएको थियो । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले जिल्लामै प्रदेश स्तरको कार्यालय स्थापना हुनु जिल्लावासीका लागी ठुलो सफलता भएको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा सोलुदुधकुण्ड नगरपालकाका उपमेयर गान्धीमाया तामाङले शुभकामना व्यक्त गर्नुभएको थियो भने सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पनि जिल्लामा कार्यालय आएपछि स्थानीय तहलाई समेत सहज भएको उल्लेख गर्नुभएको थियो । नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले गृहजिल्लामा बढी बजेट हालेको भनेर बाहिर कुरा आइरहेकाले सबैलाई समान रूपले हेर्न आग्रह गर्नुभएको थियो ।
कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष भोजराज कार्की, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका अध्यक्ष टङ्क बहादुर कार्की लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।
Discussion about this post