साउन २, सोलुखुम्बु । जिल्ला कारागार सोलुखुम्बुमा रहेका महिला कैदीहरुलाई नयाँ कारागारमा स्थानान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले महिला कैदीहरुलाई नवनिर्मित कारागारमा स्थानान्तरण गरेको हो । यस अघि पुरानो कारागारमा कैदी जिवन काटिरहेका ११ कैदी र १ जना बच्चालाई नयाँ कारागार भवनमा सारिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो ।
पुरानो कारागार भवनमा राखिएका उनिहरुलाई अव नयाँमा सारिएपछि सहज भएको कैदी महिलाहरूको प्रतिकृया छ । कारागार भवनको सम्पुर्ण व्यवस्थापन सम्पन्न गरिसकेपछि उनिहरुलाइ आज सारिएको प्रजिअ घिमिरेले बताउनुभयो । नयाँ कारागार भवनमा कैदीहरुका लागी सुविधासम्पन्न व्यवस्थापन गरिएको छ ।
महिलाहरुलाई नयाँ कारागारमा सारेपछि अव पुरुष कैदीहरूलाई सहज हुने भएको छ । २५ जनाको क्षमता भएको कारागारमा सयौँको संख्यामा रहेका पुरुष कैदीहरूलाई अव सहज हुने प्रजिअ घिमिरेको भनाई छ । प्रजिअ घिमिरेले जिल्लामा आएपछि विभिन्न नयाँ र सिर्जनात्मक काममा आफूलाई खर्चिएको उल्लेख गर्नुभयो ।
उहाँले कैदीहरूको लागी पुस्तकालय, खेलकुद, सीपमुलक तालिम लगायत व्यवस्थापन गर्नुभएको छ । यस्तै प्रजिअ घिमिरेले जिल्लामै पहिलो पटक “कैदीसँग प्रमुख जिल्ला अधिकारी” कार्यक्रम सञ्चलनमा ल्याएर उनीहरूका समस्या र गुनासा सुन्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो “ केही नयाँ गर्न सकियो भने परिवर्तनको सुरुवात हुन्छ भनेर मैले अलपत्र कारागार भवनलाई विभिन्न दाताहरूसँग मागेर व्यवस्थापन गरेको हुँ, अव सहज छ । ”
Discussion about this post