साउन ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीमा सोलुखुम्बु व्याग उत्पादन तथा तालिम सेन्टर सञ्चालनमा आएको छ । जिल्लाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुर्यकुमारी सुनुवारले उक्त सेन्टर स्थापना गर्नुभएको हो । यसअघि प्रदेशस्तरबाट प्रशिक्षक बोलाई एकल महिलाहरुलाई झोला बनाउने तालिम दिइएको थियो । तालिमपछि सिकिएको सिपलाई प्रयोगमा ल्याउन र महिलाहरूलाई रोजगार सृजना गर्नका लागि सुनुवारले यो सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।
सेन्टरमार्फत विभिन्न महिलाहरूले स्थायी रुपमा व्याग उत्पादन गर्दै आएका छन्, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने कार्यमा सहयोग पुगेको छ । सुनुवारले आगामी दिनमा अन्य पालिकाहरूमा पनि यस्ता तालिमहरू विस्तार गर्ने योजना रहेको बताउँदै साना उद्योगमार्फत आत्मनिर्भर समाज निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो । सोलुखुम्बु व्याग उत्पादन तथा तालिम सेन्टरले स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्दै सिपमूलक तालिम प्रदान गरिरहेकाले महिला सशक्तिकरणमा सकारात्मक प्रभाव परेको स्थानीयको धारणा छ ।
Discussion about this post