साउन ५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालित तल्लो सोलु जलविद्युत परियोजना द्धारा प्रवद्र्धित ८२ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडीएको छ । सन २०१७ बाट निर्माण सुरु गरिएको जलविद्युत आयोजना साउन ४ गते आइतबारबाट उत्पादन सुरु गरि परिक्षणको लागी राष्ट्रिय प्रशासन लाईनमा जोडिएको हो ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला र वडा नम्बर ७ गार्माको सिमानामा पर्ने साल्मेमा बाँधस्थल राखि त्यसको ६ दशमलव २ किमि टाढा रहेको तिङ्ला भदौरेमा रहेको पावर हाउसमा सुरुङ मार्गमार्फत पानी खसालेर विद्युत उत्पादन गरिएको छ । विद्युत उत्पादनका लागी आयोजनाले ४ दशमलव २ किमि सुरुङ मार्ग र २ किलोमिटर भुमिगत पाइपलाईन विस्तार गरेर भदौरेमा पानी खसालेको छ ।
नेदरल्याण्ड्सको एफएमओ बैंकको करिव १७ अर्वको ऋण लगानीमा निर्माण सम्पन्न भएको परियोजनाबाट वर्षायाममा ८२ मेगावाट र हिउँदयाममा न्युनतम २० देखी २२ मेगावाट विद्युत उत्पादन हुने परियोजनाका सहायक प्रबन्धक कृष्ण चौधरीले बताउनुभयो । आयोजनाले निर्माण सुरु भएको ५ वर्षमा विद्युत उत्पादन सुरु गर्ने लक्ष लिएको भएपनि विभिन्न कठिनाइको सामना गर्दै ८ वर्ष पछि विद्युत उत्पादन सुरु गर्न सफल भएको हो ।
यहाँको भौगोलिक कठिनाइ, स्थानीय समस्या, वित्तिय श्रोत सुनिश्चितताको समस्याले गर्दा विभिन्न कठिनाइहरू पार गर्दै परियोजनाले आफ्नो लक्ष प्राप्त गर्न सफल भएको सहायक प्रवन्धक चौधरीले बताउनुभयो । यसले कोशी प्रदेशको विद्युत माग धान्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Discussion about this post