साउन ६ ,सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता एवं महाधिवेशन प्रतिनिधि प्रकाशसिंह कार्कीलाई काङ्ग्रेसले सम्मान गरेको छ । उहाँलाइ सोमबार एक कार्यक्रमकाबिच नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित गर्नुभएको हो ।
पार्टीको केन्द्रिय कार्यालयमा श्रोत केन्द्र तथा पुस्तकालय स्थापनार्थ र सञ्चारका लागी सहयोग गरेबापत उहाँलाई पार्टीले सम्मानीत गरेको उहाँकाे सचिवालयले जनाएकाे छ ।
नेता कार्कीलाई सभापति देउवाले सम्मानपत्र सहित खादाले सम्मानित गर्नुभएको छ । सम्मान कार्यक्रममा काङ्ग्रेस सभापति देउवा सहित महामन्त्री गगन थापा, अन्य शीर्ष नेता लगायत विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post