साउन ७, सोलुखुम्बु । दूधकुण्ड दर्शन गएका एक बालकको लेक लागेर बाटैमा मृत्यु भएको छ । खोटाङको रावाबेसी गाउँपालिकाबाट दुधकुण्ड दर्शनका लागी परिवारसँग आएका बालकको मृत्यु भएको हो । सोमबार दर्शनका लागी सहश्रबेनी पुगेका रावाबेसी गाउँपालिका ३ लामीडाँडाका फडिन्द्र मगर (पूर्वछाने)को मङ्गलबार स्वास्थ्य अवस्था विग्रीएको थियो । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागी काठमाण्डौ लैजाने तयारी गर्दा मौसमको प्रतिकुलताका कारण हेलि आउन नसकेपछि उनको मंगलबार राती सहर्सबेनीमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनको शव टाक्सीन्दुमा ल्याएर राखिएको र नगरपालिकाको शव बाहन मार्फत उनलाई पोस्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।
Discussion about this post