साउन ११, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको आफ्नै भतिजको कुटपिटबाट मृत्यु भएको छ । ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाध्यक्ष जीवन खत्रीले बताउनुभयो ।
कुटपिटबाट घाइते भएका राईलाई उपचारका लागि जिल्लाल अस्पताल दिक्तेलमा ल्याइएको थियो। उपचारकै क्रममा बिहान पौने चार बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताउनुभयो । कुटपिट गर्ने न्युसनलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post