साउन १२, सोलुखुम्बु । आज सोलुखुम्बु, दोलखा, सिन्धुपाञ्चोक, इलाम, झापा, संखुवासभा, रसुवा, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुलीमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलालीमा बाढीको मध्यम जोखिम छ । बाढीको जोखिम भएका र आसपासका जिल्ला भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही ठाउँहरुमा तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Discussion about this post