Friday, November 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

Radio Everest by Radio Everest
July 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ ।
घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ ।

नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । नागलाई विष्णु र शिवका रुपमा मान्ने चलन वैदिक सनातनकालदेखि छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

आज काठमाण्डौको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीपछि चाडबाडको याम शुरू हुन्छ ।

Previous Post

खुम्बु पासाङल्हामुले काठमाण्डौमा एकिकृत सेवाशिविर आयोजना गर्दै

Next Post

बेपत्ता भनिएका हायू परिवारका सबै सदस्य भेटिए, गाडि नै रिजर्भ गरे पुगेका थिए पोखरा

Related Posts

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
0
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
0
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
Next Post
बेपत्ता भनिएका हायू परिवारका सबै सदस्य भेटिए, गाडि नै रिजर्भ गरे पुगेका थिए पोखरा

बेपत्ता भनिएका हायू परिवारका सबै सदस्य भेटिए, गाडि नै रिजर्भ गरे पुगेका थिए पोखरा

Discussion about this post

Everest Highlights

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly