Friday, March 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङ सहित पूर्वका सात जिल्लामा आजदेखि लाखेनाच सुरु

Radio Everest by Radio Everest
July 29, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १३, सोलुखुम्बु । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्य रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा सुरु गरिएको छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ ।

नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ । नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीको पूजा गरी खाँदबारीलगायतका बजारहरूमा लाखेनाच सुरु गरिएको नेवाःदेयदवू नगरकार्य समिति खाँदबारीका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताउनुभयो ।

उपत्यका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुर मुख्य थलो बनाएका नेवारी समुदायहरू मुलुकका विभिन्न स्थानहरुमा बसोवास गर्दै आएका छन् । पूर्वमा हेर्दा धनकुटा बजार, भोजपुरको टक्सार बजार र सङ्खुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारहरूमा नेवार समुदायको बसोवास छ । लाखेनाचका क्रममा स्थानीय लोकभाका, वेशभूषा र चालचलन एवं रोपाइँजात्रा, घोडेजात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।

भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रम गरेको छ । द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबिचको लडाइँको झल्को दिने गरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखेनाच निकाल्ने चलन छ ।

Previous Post

सगरमाथाबाट आरोहीका शव र फोहोर तत्काल सफा गर्न सांसद शेर्पाको माग

Next Post

सोलुखुम्बुमा एक आर्थिक वर्षमा २ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन

Related Posts

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
0
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
0
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

सोलुखुम्बुमा वृद्धा बेपत्ता, तीन दिनदेखि खोजी जारी

March 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

७५.६८ अंक प्राप्त गर्दै रामप्रसादराइ गाउपालिका जिल्लामा प्रथम र कोशी प्रदेशमा तेस्रो बन्यो

March 13, 2026
साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

साहारा विहिन मखमल नेपालीले ५७ वर्षपछि पाए नागरिकता

March 12, 2026
सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

सोलुमा निर्वाचन प्रहरीलाई प्रमाणपत्र वितरण तथा विदाई

March 12, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly