साउन १३, सोलुखुम्बु । नेपालका विभिन्न भागमा लगातार वर्षासँगै बाढीको जोखिम बढ्दै गएपछि बाढी पूर्वानुमान महाशाखाले सोलुखुम्बुसहित ३३ जिल्लामा मध्यम जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार आज सोलुखुम्बु, रसुवा, नुवाकोट, धादिङ, सङ्खुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रुकुम पश्चिम, बझाङ, अछाम, डोटी, डोल्पा, मुगु र हुम्लामा बाढीको मध्यम जोखिम रहेको छ ।
त्यसैगरी ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख र सुर्खेतमा पनि जोखिम कायम छ । महाशाखाले जोखिमयुक्त क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन, नदी तथा खोलानजिक नजान, सवारी साधन सावधानीपूर्वक चलाउन र आवश्यक परेमा सुरक्षित स्थानमा सर्न समेत अनुरोध गरेको छ।
Discussion about this post