साउन १६, सोलुखुम्बु । नेपाली काङ्ग्रेसका नेता माहधिवेशन प्रतिनिधी एवं समाजसेवी प्रकाशसिंह कार्कीले खेलमैदान निर्माणका लागी आर्थिक सहयोग प्रदान गर्नुभएको छ । उहाँले आफ्नो पालिका नेचासल्यानमा निर्माण कुन् खेलमैदानका लागी ५५ हजार बढी आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । नेता कार्कीले खेल मैदान व्यवस्थापनका लागि पचपन्न हजार पाँच सय पचपन्न सहयोग गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सामाजिक तथा सार्वजनिक सेवामा सक्रिय कार्कीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा योगदान दिँदै आउनुभएको छ । उनले देश र नागरिक सेवामा आफूलाई तल्लिन राख्दै खेल क्षेत्रको विकासमा सहयोग गर्नु आफ्नो दायित्व सम्झिएको बताए । निर्माणाधीन खेल मैदानले स्थानीय युवाहरूको खेल प्रतिभा अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
Discussion about this post