साउन १६, सोलुखुम्बु । आज २७ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज सोलुखुम्बु, बझाङ, अछाम, सुर्खेत, दैलेख, जाजरकोटमा बाढीको मध्यम जोखिम रहेको छ । त्यस्तै ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, रामेछाप, रसुवा, चितवन, मकवापुर, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, लमजुङ, रोल्पा, रुकुम पश्चिम, जुम्ला, मुगु, दार्चुला, बैतडी, डडेलधुरामा पनि बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
बाढीको जोखिम भएका तथा आसपासका जिल्लाहरू भई बहने नदी तथा खोलामा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै आज राति बागमती प्रदेशको पहाडी भू भागका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका धेरै ठाउँहरूमा तथा तराई भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
Discussion about this post