साउन २०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाममा सञ्चालीत वर्षा इलेक्ट्रोनिक्सले इलेक्ट्रीसियनहलाई विद्युतीय सुरक्षाका सामाग्री वितरण गरेको छ । हरेक वर्षझै यस वर्ष पनी वर्षा इलेक्ट्रोनीक्स एण्ड सर्भिस सेन्टर सल्लेरीले विद्युतिय काम गर्ने कर्मचारीहरुका लागी विद्युतीय सुरक्षाका सामाग्री वितरण गरेको हो ।
विद्युतीयकाम गर्दा हुन सक्ने विभिन्न दुर्घटनाका जोखिहरुलाई मध्येनजर गर्दै उनिहरुको सुरक्षाका लागी भन्दै सल्लेरीमा कार्यरत २० जना विद्युतीय काम गर्ने व्यक्तीहरुलाई विभन्न सुरक्षाका सामाग्री वितरण गरिएको जनाइएको छ । इलक्ट्रोनिक्सले उनिहरुलाई छाता, सुरक्षा पञ्जा, हेल्मेट लगायत वितरण गरेको हो ।
इलेक्ट्रोनिक्सले व्यापारीक सामाग्रीहरु खरिद गर्दा कम्पनीहरुबाट प्राप्त हुने स्लोइफ्ट, गोल्ड, लिब्राइट, एलमिक, मारुती, प्राची, हेभन लगायत कम्पनीबाट प्राप्त हुने सामाग्रीहरु सामाजीक उत्तरदायित्व बहन गर्दै जिल्ला स्थित विद्युतिय काम गर्ने जनशक्तीहरुलाई वितरण गरिएको प्रोपाइटर अजय पञ्जीयारले बताउनुभयो । यसले दैनिक ज्यालादारीमा काम गर्ने विद्युतिय जनशक्तीलाई सुरक्षामा सहयोग गर्ने उहाँको भनाई छ । आगामी वर्षहरुमा पनि यो कार्यलाई निरन्तरताका साथ अगाडी बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
Discussion about this post