साउन २२, सोलुखुम्बु । जिल्ला समन्वय समिति सोलुखुखम्बुले भग्नावशेष माटरएवल पुलको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले गत साउन ३ गते दुधकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको काँगेल र जुबु जोडने मोटरेबल पुलको अनुगमन गर्नुभएको हो । उहाँले विहीबार स्थलगत अनुगमन गर्दै प्राकृतिक विपत्तीले फेरी एक पटक कोशीपारीका जनतालाई कर्णालीको आभास दिलाएको बताउनुभएको हो ।
उहाँले पुल बनाउने ठाउँ अनुपयुक्त भएको भन्ने स्थानीयको भनाइका बाबजुद पनि जबरजस्ती बनाउँदा यो अवस्था आएको जिकिर गर्नुभयो । अनुगमन गर्दै प्रमुख निरौलाले दुधकोशी पारिका ३ वडा जुवु ४, ५ र लोखिम ९ का नागरिकको सम्बन्ध फेरी सदरमुकाम पालिका सँग टुटेको उल्लेख गर्नुभयो । पुल बन्ने आशामा रहेका नागरिकको आशा टुटेको भन्दै शिघ्र निर्माणका लागी पहल गर्न सबैको एकमत आवश्यक रहेको पनि उल्लेख गर्नुभएको छ ।
प्राविधिक हिसाबले ठिक नभएको ठाउँमा संरचना निर्माण गर्नुको परिणाम भोग्नुपरेको भन्दै उहाँले विपत्तीलाई मात्रै दोष दिएर अव उन्मुक्ति कसैले पस्न नपाउने समेत उल्लेख गर्नुभयो । अनुगमनका क्रममा पुगेका स्थानीयले पनि पुलको डिजाइन अँध्यारो कोठाभित्र बसेर गरिएकाले यो स्थिति आएको उल्लेख गरेका थिए । गत असार २५ गते र साउन ३ गतेको अविरल वर्षातले शिखुखोलामा आउको गेग्रान सहितको बाढी दुधकोशी नदिमा पसेपछि उक्त गेग्रान थुप्रिएर पुल क्षतिग्रस्त बनाइदिएको थियो । १६ करोड ५० लाखको लागतमा निर्माण सम्झौता भएको पुल निर्माणको वित्तिय प्रगति ११ करोड सम्म पुगेको थियो भने ६० प्रतिशत बढी भौतिक प्रगति भएको थियो ।
Discussion about this post