साउन २३, सोलुखुम्बु । नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय सोलुखुम्बुले बाटोबाटै तिर्थयात्रीहरुका लागि सेवा प्रवाह गरिरहेको छ । जनै पुर्णिमाको अवसरमा दुधकुण्डमा लाग्ने मेलामा पुग्ने भक्तजनहरूको स्वास्थ्य र यात्रा प्रति मध्यनजर गर्दै बाटोबाटै सेवा प्रवाह गरिरहेका हुन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुका कोष अध्यक्ष सुरेस खडका अनुसार साउन २२ गते मात्रै २०० जना यात्रुहरुको स्वास्थ्य जाचँ गरिएको छ ।
हरेक वर्ष लाग्ने मेलामा अल्टिच्युडको समस्यालाई ध्यानमा राख्दै रेडक्रस सोसाइटीले स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना, चट्याङ, हावाहुरी जस्ता विपद्हरूबाट क्षति कम गर्न विपद् पूर्वतयारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
Discussion about this post