साउन २३, सोलुखुम्बु । शैक्षिक उन्नयन कोष अभियान २०८२ उद्घाटन तथा पूर्व अध्यक्ष कप सहयोगीदाता सम्मान कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री प्रदिप पौडेलबाट हुने भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ को खरिखोला माध्यमिक विद्यालयको आयोजनामा हुने कार्यक्रमको उद्घाटन नेपाल सरकारका स्वास्थ्य मन्त्री पौडेलबाट हुने भएको हो ।
भोलि शनिवार काठमाण्डौमाको चावाहीलमा हुने शैक्षिक उन्नयन कोष अभियान तथा पूर्व गाउँपालिका अध्यक्ष कप सहयोगदाता सम्मान कार्यक्रम गर्न मन्त्री पौडेलको प्रमुख आतिथ्यता रहने खुम्बु पासाङल्हामु गाउँपालिका १ का अध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । कार्यक्रममा उपस्थित हुनका लागी गाउँपालिकाबासी काठमाण्डौमा बसोबास गर्दै आइरहेका नागरिकका लागी आग्रह गरिएको अध्यक्ष शेर्पाको भनाई छ । कार्यक्रम उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।
Discussion about this post