Sunday, July 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जनैपूर्णिमा मेला भर्न ३ हजार तीर्थयात्री पुगे दूधकुण्ड 

Radio Everest by Radio Everest
August 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २४, सोलुखुम्बु । यस वर्षको जनैपूर्णिमा मेला भर्न ३ हजार बढी आन्तरिक तथा बाह्य दर्शनाथी दूधकुण्ड पुगेका छन् ।  हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ मा अवस्थित दूधकुण्ड पोखरीको भ्रमण तथा दर्शन गर्न जनैपूर्णिमाको अवसरमा मात्रै ३ हजार बढी दर्शनार्थी त्यहाँ पुगेका हुन । समुन्द्री सतहबाट करिव ४ हजार ५ सय मिटरको उचाइमा अवस्थित दिव्य पोखरीको दर्शन गर्न सोलुखुम्बु सहित छिमेकी जिल्ला खोटाङ, उदयपुर, भोजपुर, सङ्खुवासभा तथा संघिय राजधानी काठमाण्डौ सहित भारत लगायत अन्य विभिन्न देशका पर्यटक समेत दूधकुण्ड पुगेका थिए  । दूधकुण्ड जानका लागी दर्शनार्थीहरू न्यनतम १० जना र अधिकतम ४० जनाको टिम बनाएर आइपुग्ने गरेका छन् । त्रिधार्मिक आस्थाको केन्द्र समेत मानिने दुधकुण्डमा जनैपुर्णीको अवसरमा लाग्ने मेलामा हिन्दु, किराँत तथा बौद्ध धर्मका धर्मावलम्बीहरूले दर्शन गर्ने गरेका छन् । ६ हजार ९ सय ९८ मिटर अग्लो नुम्बुर हमालको काखैमा रहेको दूधकुण्ड पोखरी प्राकृतिक हिसाबले आँफैमा विशेष रहेकाले पनि धार्मिक आस्था सँगै लिएर सुन्दरताको अवलोकन गर्नका लागी पनि पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । 

  • यस्तो छ दूधकुण्ड नामाकरणको इतिहास  


दुधकुण्डबारे विभिन्न किंवदन्तीहरू रहेको भएता पनि हिमालहरूको सृष्टिताका कुण्ड अर्थात पोखरी बनेको र यसको खोजी चौँरीगाईबाट भएकाले यसलाई दुधकुण्ड भनिएको जानकारहरु बताउँछन् ।  बाह्रैमास सेतो, कञ्चन र दुधजस्तो पानी कुण्डमा रहिरहने भएकाले दुधकुण्ड नामको औचित्य र पहिचान पुष्टि हुँदै आएको छ ।  के कुन कालमा भन्ने उल्लेख नभएतापनि परापूर्वकालमा चौरीँपलाकको एउटा चौरी सधै दिनको एक समयमा हराउने र पछि आफै आएर बथानमा मिसिने गर्थ्याे । एकदिन किसानलाई शङ्का लागेपछि चौरी कहाँ जाँदो रहेछ भन्ने खोजी गर्न पछि लाग्दा उक्त चौरीले कुण्ड रहेको एक स्थानमा रहेको ढुङ्गालाई दुध चढाउने गरेको देखेपछि यसको नाम दूधकुण्ड रहेको जनविश्वास रहि आएको छ ।  यसैगरी अर्को किंवदन्ती यस्तो पनि छ की प्राचीन कालमा देवता र दानव बीच यहि कुण्डमा समुन्द्र मन्थन भएको र देवताले जितेर दिव्यरत्न अमृत लिएर गएको स्थानहरूको विश्वास छ । हिमाली क्षेत्रमा प्रशस्त ताल तथा कुण्डहरू पाइने भएपनि दुधकुण्डलाई दर्शनार्थी र धार्मिक अगुवाहरुले विशेष रुपमा व्याख्या गर्ने गरेका छन् । 

  • किन विशेष छ दूधकुण्ड दर्शन ? 


प्राकृतिक हिसाबले आँफैमा दिव्य र अलौकिक रहेको दूधकुण्ड धार्मिक हिसाबले पनि उत्तिकै विशेष छ ।  दुधकुण्डमा स्थान गरे निसन्तान दम्पत्तीको सन्तान प्राप्ती हुने, आत्म सुद्धि र पितृ मोक्ष प्राप्त हुने, मागेको पुग्ने जनविश्वाले दूधकुण्ड प्रतिको आस्था र धार्मिक विस्वासलाई सदियौँ देखी कायम राख्दै आएको छ ।  सरकारी नोकरीको तयारी गरिरहेकाहरु, विद्यार्थी, शिक्षक, राजनितिज्ञ, धर्मगुरु, धामिझक्रि लगायत हरेक तह र तप्कामा रहेका व्यक्तीहरु कुण्ड पुगेर आफ्नो इच्छा पुर्ति र समस्या समाधानका लागी बर माग्ने गरेका छन् ।  

  • स्थानीय सरकार र सरकारी निकाय दुधकुण्डको पर्यटन प्रवद्र्धन र संरक्षणमा 

सोलुदुधकुण्ड नगरपालिकाको नामाकरणको आधार समेत रहेको दूधकुण्ड पोखरीको पर्यटन प्रवद्र्वन र विकासमा नगरपालिकाले विशेष चासोका साथ काम गरिरहेको नगरप्रमुख शेर्पाको भनाई छ ।  पर्याप्त काम गर्न नसकिएको भएतापनि तिर्थयात्रीहरुको सहजताका लागी होटल व्यवसाय खोल्न समन्वय, दूधकुण्ड पुग्ने बाटोको मर्मत तथा निर्माण, शौचालय तथा खानेपानीको व्यवस्था लगायतका काम नगरपालिकाले गरिरहेको उहााको भनाई छ ।

विगत वर्षहरुझै यस वर्षपनि मेलाको सुरक्षा व्यवस्थामा स्थानीय प्रशासनले तदारुकताका साथ चासो दिएको छ ।  जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सिडिओ अनोज कुमार घिमिरे सहित १५ जना जिल्लाका उच्चाधिकारीहरु सहितको टोली दूधकुण्ड पुगेको थियो ।  उचाईका कारण हुने विमारी र स्वास्थ्य प्रतिकुलतालाई ट्रयाक गरेर उद्धार र उपचारमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बताउनुभयो । यस वर्षको मेलामा जिल्ला सुरक्षाको संयन्त्र सहित १५ जनाको टोली अवलोकन भ्रमणमा पुगेको थियो ।  उचाइका कारण हुने विरामीको उपचारका लागी गैरसरकारी संस्था नेपाल रेडक्रस सोर्साइटि तथा नेपाली सेनाले स्वास्थ्य उपचार शिविर सञ्चालन गरेका थिए । जसबाट ५ सय बढी तिर्थयत्री लाभान्वीत भएका छन् ।  मेलाको २ दिन २३ र २४ गते बाटोमा खुलेका होटल व्यवसायहरु अत्यन्तै व्यस्त रहेको हाटल व्यवसायी फुर्वा शेर्पाले बताउनुभयो । 

Previous Post

ताप्लीमा विविध जातीय झाँकीसहित ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाइयो

Next Post

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

Related Posts

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
0
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
0
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
0
Next Post
खोटाङमा भतिजको कुटपिटबाट काकाको मृत्यु

खोटाङमा एकाघरका दिदिभाई मृत भेटिए, प्रहरीलाई थाहा नदिई गुपचुपमा खाल्डोमा गाडियो 

Discussion about this post

Everest Highlights

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

July 25, 2026
काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

काठमाडौंमा आयोजित एकीकृत सेवा शिविरबाट सोलुदुधकुण्डका ३ हजार बढी नागरिक लाभान्वित

July 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

खोटाङमा प्रहरी निरीक्षक लामिछाने ‘असार महिनाको उत्कृष्ट प्रहरी’ घोषित

July 26, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

मौसम अपडेट : आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

July 26, 2026
खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई पक्राउ

July 25, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly