साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका बासिन्दालाई लक्षित गरी काठमाडौँमा आयोजना गरिएको दुई दिने एकीकृत सेवा शिविरबाट ७ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । गएको साउन २३ र २४ गते काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सञ्चालन गरिएको शिविरमा उक्त संख्याका नागरिकहरु लाभान्वित भएका हुन् ।
शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण, नागरिकता सम्बन्धी सेवा, जन्म–मृत्यु दर्ता, बसाइँसराई प्रमाणपत्र, मालपोत, भूमिकर, सिफारिस लगायतका विभिन्न प्रशासनिक सेवा प्रदान गरिएको थियो । गाउँपालिका अध्यक्ष खिलराज बस्नेतका अनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने सोताङबासीको सेवा पाउने पहुँचलाई सहज बनाउने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो ।
दूरदराजबाट सेवाका लागि गाउँ फर्किनुपर्ने अवस्थालाई हटाउँदै नागरिकको पहुँचमा सेवा ल्याउन चाहेका अध्यक्ष बस्नेतले बताउनुभयो । सोताङ गाउँपालिकाले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ । सेवा शिविरमा सहभागिता जनाउने नागरिकहरूद्वारा पालिकाको यो पहलप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिएको छ ।
Discussion about this post