साउन २५, सोलुखुम्बु । खरिखोला माध्यमिक विद्यालय खुम्बु पासाङल्हामु गाउँपालिका १ ले सुरु गरेको शैक्षिक उन्नयन कोष अभियान २०८२ लाई नेपाली काङ्ग्रेस सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले सहयोग गर्नुभएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता एवं खरिखोलाका अध्यक्ष तथा खरिखोला माविका विव्यस अध्यक्ष फुनुरु शेर्पाको अध्यक्षतामा शनिवार सम्पन्न एक कार्यक्रममा नेता कार्कीले विद्यालयले सुरु गरेको कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
शिक्षा, स्वास्थ्य, लगायत सामाजिक कार्यहरूमा सहयोग गर्दै आउनुभएका कार्कीले विद्यालयको अभियानलाई आफ्नो साथ रहेको उल्लेख गर्दै रकमको घोषणा गर्नुभएको नेता कार्कीको सचिवालयले जनाएको छ । शनिवार विद्यालयकाे अायाेजनामा काठमाण्डाैमा सम्पन्न उद्घाटन कार्यक्रममा काङ्ग्रेस नेता बलबहाचदुर केसी, केन्द्रिय सदस्य अाङ्गेलु शेर्पा सहित जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा, नेता कार्की लगायत काङ्ग्रेस नेता तथा कार्यकर्ताहरूकाे उपस्थिती रहेकाे िथयाे ।
Discussion about this post