Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु र खोटाङ सहित १ सय ११ ठाउँमा ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

Radio Everest by Radio Everest
September 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १७, सोलुखुम्बु । सोलुखुम्बु र खोटाङ सहित १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । सरकारले आउँदो भदौ ३० गतेदेखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । सरकराले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत काठमाण्डौ उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको जनाइएको छ ।

सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सबै प्रकारको चामल, गहुँ दाना, चिनी, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ, चिउरा, पिठो, मैदा र आँटामा प्रतिकिलो सात रुपैयाँ, जिरा, धनिया, चियापत्ती, जिउँदो खसी, बोका र च्याङग्राका प्रतिकिलो १० रुपैयाँ छुट मूल्यमा बिक्री गर्नेछ । यस्तै खानेतेलतर्फ तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेलमा प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी तथा फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सी र बासमती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारले व्यवस्था गरेको छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले नुन र चिनीमा प्रतिकिलो दुई, तेल चिउरा, पिठो, मैदा र दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिने व्यवस्था गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनल काठमाण्डौ उपत्यकाको कालिमाटी, सतुङ्गल, जाउलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुरको सल्लाघारी, कौशलटार, काडाघारी, इमाडोल महाराजगञ्जमा सुपथ मूल्य पसलका साथै तीन वटा घुम्ती पसल सञ्चालन गर्नेछ ।

यस्तै काठमाण्डौ उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको सुर्खेत, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिराहाको लाहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ । कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा यस्तो पसल सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।

जसअनुसार झापा, ताप्लेजुङ, मोरङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, ललिलपुर, रसुवा, कास्की, तनहुँ, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, खोटाङ, सिराहा, धनुषा,पर्सा, काठमाण्डौ, दैलेख, डोल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, कालिकोट, हुम्ला, कैलाली र डडेलधुरामा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ । यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

Previous Post

गत वर्ष सगरमाथा आरोहणबाट ५५ करोडभन्दा बढी राजस्व सकंलन

Next Post

सोताङ गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण हुँदै

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly