भदौ १७, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लाेखीममा स्काभेटर दुर्घटना भएको छ । सडक खन्दै गरेको स्काभेटर माथिबाट खसेको ढुंगालले लागेर दुर्घटनामा परेको हो । लोखिम स्थीत चन्दने स्थीत भिरमा सडक खन्दै गर्दा माथिबाट ढुंगा खस्दा स्काभेटरको पछिल्लो भाग थिचिएको छ ।
वडा कार्यालय लोखिम जाने सडकको २ सय मिटर ट्र्याक खन्न पुगेको स्काभेटर मेसीनमाथि सडक खन्दै गरेको ठाउँमै ढुंगाको पहिरो खस्दा दुर्घटना भएको वडा अध्यक्ष सन कुमार तामाङले बताउनुभयो । कुकी कन्सट्रक्सन ओखलढुंगाबाट भाडामा लिएर प्रयोग भइरहेको क्याट कम्पनीको स्काभेटर मेसीनमाथि ढुंगा झर्दा क्षती भएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विकास भारतीले बताउनुभयो । दुर्घटनामा अपरेटर भने सकुशल निस्कन सफल भएका छन् । उनको दाहिने कुइनामा सामन्य चोट लागेको भएपनि ठुलो समस्या नभएको अध्यक्ष तामाङले बताउनुभयो ।
Discussion about this post