भदौ १७, सोलुखुम्बु । सोलुखुम्बुका लागी काठमाण्डौबाट छुटेको सुमो गाडी सिन्धुलीमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । काठमाडौँबाट सोलुखुम्बुतर्फ आउँदै गरेको ना १ ज ५०७४ नम्बरको सुमो मङ्गलबार बिहान जिल्लाको गोलन्जोर गाउँपालिका १ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त सुमोमा सवार १० जनामध्ये ६ जना सकुशल रहेका छन् भने ४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ का ४७ वर्षीय ज्ञान बहादुर खड्का, पाल्पाका ३२ वर्षीय सचिन मल्ल, ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ११ की २५ वर्षीय करिश्मा बस्नेत र सोही ठाउँकी २२ वर्षीय निरूता बस्नेत छन् । घाइतेहरूको ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ । गाडी चालक नियन्त्रणमा लिइएको र गाडी निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post