असोज ११, सोलुखुम्बु । नेपालीहरूको महान चाड बडादशैं तथा तिहार नजिकिँदै गर्दा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा चहलपहल बढ्दै गएको छ । बडादशैंको अवसरमा विगत केही दिनदेखि बजारमा दैनिक उपभोग्य वस्तुहरूदेखि लिएर नयाँ लत्ताकपडा किनमेल गर्ने ग्राहकहरूको भिडभाड बढ्न थालेको हो ।
सामान्य दिनहरूमा शान्त देखिने सल्लेरी बजार यतिबेला चाडपर्वको रौनकले झनै रङ्गीन देखिन थालेको छ । पसलहरूमा ग्राहकको भीड बढेसँगै व्यापारीहरूलाई सामान बेच्न भ्याइनभ्याइ भएको सल्लेरीका व्यवसायीहरूले बताएका छन् । बर्षमा एक पटक मात्र मनाइने यी चाडपर्वहरूलाई लक्षित गर्दै रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर गएका सोलुखुम्बुवासीहरू पनि आ–आफ्नो घर फर्किन थालेका छन् । यातायातका साधनहरूमा चाप बढ्न थालेको छ भने टोलटोलमा पारिवारिक भेटघाट र रमाइलो वातावरण सिर्जना हुँदै गएको छ ।
स्थानीय व्यवसायीहरूका अनुसार दशैं र तिहारलाई लक्षित गर्दै बजारमा आवश्यक सामग्रीको भण्डारण तथा नयाँ फेसनका लुगा, जुत्ता–चप्पल लगायतका वस्तुहरू बिक्रीका लागि राखिएको छ । उपभोक्ताहरू पनि चाडको तयारीमा जुट्न थालेका छन् ।
Discussion about this post