असोज १२, सोलुखुम्बु । आज कोशी र बागमती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भागमा मौसम साधारणतया बदली रहने छ । बाँकी भागमा आंशिक बदली हुनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका केही ठाउँ तथा अन्य प्रदेशका पहाडी र तराई भागका एकरदुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले देशभर मनसुनी वायुको प्रभाव कमजोर छ । त्यस्तै स्थानीय वायुको आंशिक प्रभाव छ ।
Discussion about this post