असाेज १२, साेलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले चाडपर्वको बेला कृतिम अभाव श्रीजना गर्ने, कालोबजारी निम्त्याउने, मूल्यवृद्धि गर्ने कार्यमा संलग्नलाई हुने चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै अनलाइन सपिङका नाममा हुने ठगिबाट समेत बच्न सचेत हुन पर्ने जनाएको छ । प्रमुख जिल्ला अधिकारी लिला केसी पाण्डेले एक सूचना मार्फत उपभोक्ता हित विपरीतका काम नगर्न व्यापार व्यवसायीहरूलाई सूचित गर्नुभयो । उहाँले सूचना मार्फत सार्वजनिक सवारी साधनहरूले भाडादर भन्दा बढी लिने, ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरि सवारी हाक्नेलाई कडा कारवाही हुने समेत सूचनामा उल्लेख गर्नुभएका छ । यस्तै प्रशासनले सार्वजनिक स्थलमा हल्ला, हुलदङ्गा नगरि चाडपर्व मनाउन, गैर कानुनि कार्य भएको जानकारीमा आए प्रहरी वा प्रशासनमा जानकारी गराउन पनि भनेको छ ।
Discussion about this post